Online News Portal

ओखलढुंगामा टाटा सुमो गाडी पल्टँदा ३ जनाको मृत्यु

काठमाडौँ:  ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ भँडारे खोलामा आज बिहीबार बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा खोटाङको कोपिलासगढी गाउँपालिका–३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको हो।

खोटाङबाट काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको उक्त गाडी अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खसेको जानकारी प्रहरीले जनाएको छ।

दुर्घटनापछि सुमो चालक सुनसरीको इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट गाडीमा चालकसहित ४ जना सवार रहेको पत्ता लागेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.