Online News Portal

संविधान संशोधनको गृहकार्य सुरू भएको छ: महत

काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले संविधान संशोधनको विषयमा गम्भीरतापूर्वक गृहकार्य थालनी भएको बताएका छन्।

 

 

 

शनिबार सिंहदरबारमा पार्टीको बैठकपछि कांग्रेस प्रवक्तासमेत रहेका महतले संविधान संशोधनका लागि छुट्टै संयन्त्र बनाएर काम अघि बढाउनेबारेमा सरकारमा पनि छलफल भएको पार्टीका मन्त्रीहरूले बताएको जानकारी दिए।

सिंहदरबारमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, सरकारमा सहभागी मन्त्री र सांसदहरूबीच छलफल भएको थियो।

सो छलफलका क्रममा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले संविधान संशोधनबारे सरकारले छुट्टै संयन्त्र बनाएर अघि बढाउने तयारी रहेको बताएको महतले जानकारी दिए।नेता महतले धेरै विधेयकहरु संसदमा धेरै वर्षदेखि पेण्डिङ रहेको र समयमा कार्यान्वयन नभएको अवस्थामा आर्थिक गतिविधि चलायमान गर्नको लागि अध्यादेशमार्फत छिटो छरितो हुने आशयले ल्याएको पनि बताए ।

Advertisement

Click the button below to skip this ad and read the full article.