Online News Portal

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन मन्त्री पौडेलको अनुरोध

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन अनुरोध गरेका छन् ।

 

उनले आज एक भिडियो सन्देश जारी गर्दै नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जोखिम बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको भन्दै किशोरीलाई खोप लगाउन अनुरोध गरेका हुन् । उनले प्रारम्भिक किशोरावस्थामा एचपीभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने धारणा राखे ।

“सरकारको नीति तथा कार्यक्रममा एचपीभी खोप ल्याउने योजना बनाए अनुरुप खोप ल्याएर देशैभर अभियान सञ्चालन गरिरहेका छौँ”, उनले भने, “यो अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विविध कारणले विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसम्मका सम्पूर्ण किशोरीलाई स्वास्थ्य सेवा विभागमार्फत खोप दिन थालिएको छ ।”

Advertisement

Click the button below to skip this ad and read the full article.