Online News Portal

यु–१९ महिला विश्वकपः इतिहास रच्ने लक्ष्यमा नेपाल

काठमाडौँ – पछिल्लो समय महिला उमेर समूहमा एकपछि अर्को नयाँ इतिहास बनाउँदै अघि बढेको नेपाली महिला टोलीले शनिबारबाट आफ्नो यो उपलब्धिमा अर्को एउटा इँटा थप्ने प्रयासमा मैदानमा उत्रिँदै छ।

 

 

 

मलेसियामा सुरु हुन लागेको आइसिसी यु–१९ महिला विश्व कपमा बंगलादेशसँग खेल्दै आफ्नो विश्वकप अभियान सुरु गर्दै गर्दा स्वभाविक रुपमा नेपालको लक्ष्य पुनः एकपटक ऐतिहासिक अवसरमा नयाँ इतिहास बनाउनु हुनेछ।

नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा नेपालले महिला क्रिकेटको इतिहासमा पहिलो पटक कुनै पनि उमेर समूहमा प्रतिस्पर्धा गर्नेछ। सन् २००७ बाट महिला क्रिकेट सुरुवात गरेको नेपालले अन्य विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरेको भए पनि विश्वकपको महाअभियानमा भने पहिलो पटक मौका पाएको हो।

गत वर्ष युएईमा भएको विश्व कपको एसियाली क्षेत्र छनोटमा युएइलाई पछि पार्दै नेपाल डबल राउन्ड रोबिन लिगका आधारमा शीर्ष स्थानमा रहेर विश्वकपमा पुगेको थियो।

पहिलो खेलमा युएईसँग पराजित नेपालले अन्तिम खेलमा युएईलाई पराजित गर्दै विश्व कपमा स्थान बनाउँदै इतिहास रचेको थियो। नेपाल अब पुन एकपटक टेस्ट टोलीहरुमाथि धावा बोल्दै अर्को इतिहासको पर्खाइमा छ।

विश्वकपअघि एसियाको प्रतिष्ठित एसिया कप टी–२० मा प्रतिस्पर्धा गर्दा नेपालले टेस्ट टोलीविरुद्ध बलियो उपस्थिति देखाएको थियो।

अब नेपाल विश्वकपमा नयाँ लक्ष्य बनाएर मैदान उत्रिने कप्तान पूजा महतोले बताउँदै आएकी छन्। टिमका प्रशिक्षक महेश रिजालले पनि टोलीको लक्ष्य सुपर सिक्स भएकाले टिमले सोहीअनुसार प्रदर्शन गर्ने बताए।

 

Advertisement

Click the button below to skip this ad and read the full article.