Online News Portal

मधेसी समुदायमाथिको भेदभाव र उत्पीडनमा कमी आएन : उपेन्द्र यादव

प्रकाशित: २४ पुष २०८१, बुधबार १०:३२ | लेखक: मालिका खबर

काठमाडौँ: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रको अन्त्यपछि बहुदलीय व्यवस्था हुँदै अहिले गणतन्त्रमा आइसक्दा पनि मधेसी समुदायमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडनमा कुनै कमी नआएको बताएका छन् ।

 

 

 

मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिला र दलित समुदायलाई राजनैतिक रूपमा पछाडि पार्ने काम हुँदै आइरहेको पनि उनले बताए ।जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत सप्तरीको कंचनरूपमा बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले बहुदलीय व्यवस्था आएको ३५ वर्षमा मुलुकको अवस्था थप जर्जर भएको बताए ।

मधेस आन्दोलनका बेलामा नागरिकता समस्याको आंशिक समाधान भए पनि मधेसी समुदायमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडनमा कुनै कमी नआएको पनि उनले बताए ।