Online News Portal

स्वर्णलक्ष्मी सहकारी- रविसहित ३९ जनाविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दायर

प्रकाशित: २१ पुष २०८१, आईतवार १०:३८ | लेखक: मालिका खबर

काठमाडौं :  सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो। सरकारी वकिल कार्यालयले ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

 

 

प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो। पाँचजनाको ठेगाना नखुलेको कारण मुद्दा दायर भएन।

दुई अर्ब ४१ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए। पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्व समेत सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर भएको छ।