Online News Portal

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु

प्रकाशित: १९ पुष २०८१, शुक्रबार १०:०८ | लेखक: मालिका खबर

काठमाडौँ: राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

 

 

पार्टीका नेता स्वर्गीय रमेश अर्यालको सम्झनामा एक मिनेट मौन धारण गरेर राप्रपा नेपालको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको हो । बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समीक्षा र पार्टीको भावी कार्यदिशा प्रस्तुत गरेका छन् ।

काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा चलिरहेको बैठकमा शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका विषयमा पार्टीको धारणा तयार गर्न गठित समितिको अन्तरिम प्रतिवेदन उपाध्यक्ष डा. विष्णु भण्डारी, तराई मधेश उत्थान अभियानबारे उपाध्यक्ष धीरेन्द्र झा, संगठन विभागको प्रतिवेदन महामन्त्री राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सचिवालयको प्रतिवेदन सहमहामन्त्री हिक्मतजङ्ग भण्डारी , गैरसरकारी विभागको प्रतिवेदन सहमहामन्त्री महेश्वर रोक्काले प्रस्तुत गरेका छन् ।