एमएडब्लू वृद्धिले क्रिसमसको अवसर पारेर भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

काठमाडौँ: नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि कमर्सियल प्रालिले आज भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ । यो शुभारम्भले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझै बलियो बनाएको छ ।
एमएडब्लू समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्सियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, एमएडब्लू वृद्धिका सीईओ तुषार गुप्तालगायत अन्य विशिष्ट अतिथि, मिडिया र सरोकारवालाहरूको गरिमामय उपस्थितिमा उक्त शोरुमको औपचारिक उद्घाटन गरिएको थियो ।
भक्तपुरको गट्ठाघरमा अवस्थित शोरुमले आगन्तुकहरूलाई सोकोनका नवीनतम ईभी मोडलहरू प्रदर्शन गर्दै इमर्सिभ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको यो सुविधासम्पन्न शोरुममा व्यक्तिगत परामर्श, उत्पादन प्रदर्शन र परीक्षण ड्राइभहरू प्रदान गर्न विशिष्ट प्रशिक्षणप्राप्त कर्मचारीहरूको समर्पित टोली तयार रहनेछ ।