Online News Portal

खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं : खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ महादेवफाँटस्थित इँट्टा भट्टामा काम गरी बस्ने नेपालगन्ज उपमहानगरपालिका-२१ घर भएका असिक अलीकी छोरी ५ वर्षीया तमन्ना अलीको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।

 

 

डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल त्रिशूलीमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

 

Advertisement

Click the button below to skip this ad and read the full article.