काठमाडौँ: एकैदिन १०४ जना शाखा अधिकृतहरु दीक्षित भएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि उनीहरुलाई दीक्षित गरेको हो । जसमा २० जना महिला र ८४ जना पुरूष रहेका छन् । नवनियुक्त उनीहरु अब सरकारले खटाएको कार्यक्षेत्रमा जानेछन् ।दीक्षान्त समारोहमासंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले अधिकृतहरुलाई आफ्नो अलग पहिचान बनाउने गरी काम गर्न निर्देशन दिए । ‘परिचित हुन भेटघाट हुने पर्छ भन्ने छैन, कामले सबैमाझ चिन्ने बन्नुपर्छ,’ उनले भने ।
अधिकृतहरुले आफूलाई परीक्षण गर्न मौका पाएको भन्दै नतिजा पनि राम्रो आउने अपेक्षा व्यक्त गरे । तालिमबाट प्राप्त ज्ञान र सीपलाई जनताको हितमा प्रयोग गर्न साथै इमान्दारिताका साथ सेवाग्राहीको कामलाई प्राथमिकता दिन जोड दिए ।