Online News Portal

समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ; उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी विस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीलाई आग्रह गरे। नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्ने उनको भनाइ छ।

उपप्रधानमन्त्री सिंहले नेपालमै बस्ने वातावरण बनाउन युवा जगतले उपयुक्त सुझाव दिन पनि आग्रह गरे। उनले अधिकारका लागि लडेर ल्याएका अधिकारको संरक्षणमा जुट्न पनि आह्वान गरे। उनले विरोधका नाममा विरोध गर्दा प्राप्त अधिकार पनि गुम्न सक्ने खतरा हुने बताए।

उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थाबाट देशलाई अघि बढाउन सबै एक भएर साथ दिन आग्रह गरे। उनले नागरिकको अपेक्षाअनुसार देश विकास गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। उनले जनताका माग पूरा गर्नकै लागि अहिलेको सरकार बनेको दाबी गरे।

Advertisement

Click the button below to skip this ad and read the full article.