Online News Portal

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग

प्रकाशित: ३१ श्रावण २०८१, बिहीबार १४:३० | लेखक: मालिका खबर

काठमाडौँ: जुम्ला- जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन्।गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताए।

दर्ता भएका उद्योगमध्ये उत्पादनमुलकतर्फ १०, कृषि तथा वनजन्य एक सय २२, सेवामूलक ६८ छन्। गत आवमा २४ लाख रूपैयाँ राजस्व संकलन भएको छ।