Online News Portal

टीआरसी विधेयकबारे प्रतिनिधि सभामा छलफल

काठमाडौँ: टीआरसीसम्बन्धी विधेयकबारे प्रतिनिधि सभामा छलफल सुरू भएको छ।

बुधबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएका थिए।

प्रधानमन्त्री ओलीले टीआरसी विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट छिट्टै पारित हुनेमा विश्वास व्यक्त गरेका छन्।

यसपछि कानुन मन्त्री अजयकुमार चौरसियाले पेस गरेको टीआरसी विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको थियो।

Advertisement

Click the button below to skip this ad and read the full article.