Online News Portal

कर्मचारीले मनाए खाद्यकाे वार्षिकोत्सव

प्रकाशित: २८ श्रावण २०८१, सोमबार १०:१४ | लेखक: मालिका खबर

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शाखा कार्यालयहरू नै बन्द गरेर वार्षिकोउत्सव मनाएको छ। आज कम्पनी लिमिटेडले स्थापनाको ५ वर्ष पूरा गरी छेटौँ वर्षमा प्रवेश गरेको अवसरमा ‘पाँचौँ वार्षिकोत्सव समारोह’ नै आयोजना गरेर वार्षिक उत्सव मनाएको हो।

 

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सूचना जारी गरेर कम्पनीका सम्पूर्ण पूर्व अध्यक्ष, महाप्रवन्धक, प्रमुख कार्यकारी अधिकृत, संचालकका साथै पूर्व
कर्मचारी/पदाधिकारीहरूलाई आज बिहान ११ बजे प्रधान कार्यालय, भद्रकाली प्लाजामा उपस्थित हुन उर्दी जारी गरेको थियो। त्यसपछि शाखा कार्यालयले कार्यालय नै बन्द भएको सूचना जारी गरेका छन्।