कालीमाटीमा भिण्डी प्रतिकेजी ६०, घिरौला ७० र करेला प्रतिकेजी ७४ रुपैयाँले बढ्यो

काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज भिण्डी, घिरौला, करेला, भन्टा, काँक्रो, कटर, अमलालगायतका तरकारी र फलफूलको मूल्य बढेको छ ।
आइतबार प्रतिकेजी ३५ रुपैयाँ रहेको भिण्डीको भाउ बढेर आज ९५ रुपैयाँ पुगेको छ भने घिरौला प्रतिकेजी ४५ रुपैयाँबाट ११५ रुपैयाँ पुगेको छ । त्यस्तै, तितो करेला प्रतिकेजी ३५ रुपैयाँबाट बढेर १०८ रुपैयाँ ७५ पैसा, लाम्चो भन्टा ४५ रुपैयाँ, फूजी स्याउ ३२६ रुपैयाँ ६७ पैसा, तोफु १६० रुपैयाँ, हरियो तरबुजा ६५ रुपैयाँ, मौसम १४५ रुपैयाँ, अदुवा र जुनार २३३ रुपैयाँ ३३ पैसा र रुख कटहर प्रतिगोटा १६६ रुपैयाँ ६७ पैसा पर्नेछ ।
त्यस्तै, लोकल काक्रो प्रतिकेजी ७५ रुपैयाँबाट बढेर १९० रुपैयाँ, हाइब्रीड काक्रो ४४ रुपैयाँ ६५ रुपैयाँ, लप्सी ९५ रुपैयाँ, अमला ७५ रुपैयाँ, सुकेको खुर्सानी ४६६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ८५ रुपैयाँ, सुकेको लसुन (चाइनिज) ३६३ रुपैयाँ ३३ पैसा, रहु माछा ३६० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ र छडी माछा २७६ रुपैयाँ ६७ पैसा पुगेको छ ।