Online News Portal

पूर्व प्रदेशमन्त्री सहित ११ जना जुवाडे धरौटीमा रिहा

प्रकाशित: २८ श्रावण २०८१, सोमबार ०५:२७ | लेखक: मालिका खबर

काठमाडौँ : प्रदेश सांसद एवं पूर्व प्रदेशमन्त्री बुद्धिकुमार राजभण्डारी सहितका ११ जना धरौटीमा छुटेका छन् । शनिबार गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर मुद्दा चलाएको थियो ।सांसद राजभण्डारीसहित सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा पक्राउ परेका थिए