Online News Portal

दुई दिनमा ललितपुरका सात जनामा हैजा पुष्टि:

प्रकाशित: २६ श्रावण २०८१, शनिबार ०५:५६ | लेखक: मालिका खबर

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार पछिल्लो २४ घण्टामा ललितपुर जिल्लामा तीन जनालाई हैजा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर हैजा संक्रमितको संख्या ४७ पुगेको छ। यो साउन १ गतेदेखिको तथ्याङ्क हो। अहिलेसम्म ललितपुर, काठमाडौं र रुपन्देहीसहित कैलाली र प्यूठान गरी देशका पाँच जिल्लामा हैजा देखिएको छ।

साउन १ गते यता ललितपुरमा ३४, कैलाली आठ, प्यूठान र काठमाडौं दुई–दुई तथा रुपन्देहीमा एक जना हैजाबाट संक्रमित छन्।

हैजा संक्रमण देखिएको ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४, ललितपुर महानगरपालिका वडा नम्बर ८, महलक्ष्मी नगरपालिकामा रोकथामका उपाय र जनचेतना फैलाउने काम भइरहेको छ।