Online News Portal

काठमाडौंमा विद्युतीय सवारीसाधनको र्‍याली सम्पन्न

काठमाडौं: विद्युतीय सवारीसाधनको प्रयोग र प्रवर्द्धनका लागि जनचेतनामूलक र्‍याली सम्पन्न भएको छ।

शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा विद्युतीय सवारीसाधनको र्‍याली सम्पन्न भएको हो।

नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यहीं खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको बताएको छ।

प्राधिकरणको प्रधान कार्यालय रत्पाकंबाट शुरु भएको विद्युतीय सवारीसाधनको र्‍याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्नपार्कमा पुगी समापन गरिएको थियो।

Advertisement

Click the button below to skip this ad and read the full article.