Online News Portal

दोस्रो पटक प्राधिकरणको जिम्मेवारी लिनु जीवनको सबैभन्दा ठूलो चुनौती

प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार ०९:५२ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी लिनु आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीको समय रहेको प्रतिक्रिया दिएका छन्।

निर्देशक घिसिङले तीन वर्षे कार्यकाल पूरा भएको अवसरमा आफूले गरेको कामको विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

‘तीन वर्ष अघि आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरेर जिम्मेवारीमा आएको हुँ,’ पत्रकार सम्मेलनमा उनले भने।

प्राधिकरणभित्रको सुशासन, वित्तीय अवस्थाको थप सुधार, भरपर्दो र गुणस्तरीय आपूर्ति आफ्नो दोस्रो कार्यालयको प्राथमिकताका विषय रहेको उनले बताए। अहिले यिनै कामलाई प्राथमिकता दिइएको उनको भनाइ छ।