Online News Portal

सुनको मूल्य बढ्यो

प्रकाशित: २५ श्रावण २०८१, शुक्रबार ०५:०७ | लेखक: मालिका खबर

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ।  अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै शुक्रबार तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।