Online News Portal

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौँ: नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकले पारित गरेका प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रमबारे छलफल गर्दैछ। त्यसको लागि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक चलिरहेको नैनसिंह महरले जानकारी दिए।

महासमिति बैठकले पारित गरेका दस्ताबेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल भइरहेको उनको भनाई छ। बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ।

बुधबार सुरु भएको बैठक तीन, चार दिनसम्म बस्ने तय भएको कांग्रेसले जनाएको छ। बैठकमा पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुने बताइएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.