Online News Portal

पेरिस ओलम्पिकमा ६ नेपाली खेलाडी

काठमाडौं : फ्रान्सको पेरिसमा जारी ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी ७ मध्ये ६ जना खेलाडीको प्रतिस्पर्धा सकिएको छ । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल र पौडीका एलेक्जेन्डर (एलेक्स) शाह र डुवाना लामा आआफ्नो इभेन्टमा पहिलो चरणबाटै बाहिरिए ।

एलेक्सले आफ्नो इभेन्टमा राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुबाहेक पेरिसमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो । बुधबार पेरिस पुगेकी एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले ११ अगष्टमा महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् ।लम्पिकमा राम्रो प्रदर्शन गर्न लगानी बढाउनुपर्ने उनले बताए । ‘यहाँ वर्षौं प्रशिक्षण र कडा मिहिनेत गरेर आएका खेलाडीहरु छन् । तर उनीहरुको ओलम्पिककै लागि भनेर तयारी छैन । हाम्रोमा प्रशिक्षण, लगानी र वातावरण त्यो अनुसार छैन’, उनले भने ।