Online News Portal

संसदीय समितिबाट अस्वीकृत फिर्ताका लागि कृष्णमानले दिए निवेदन

काठमाडौँ : सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी ठगीको आरोप लागेका स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका जीबी राईसहित १८ जनलाई झिकाउन सरकारलाई निर्देशन दिएको छ ।समितिले सोमबार गृहमन्त्री रमेश लेखकसहितका प्रहरी अधिकारीहरूसँग छलफल गर्दै बैठकमा सहकारी क्षेत्रको वचत दुरुपयोग,अपचलन र ठगीमा संलग्न भई फरार १८ जना व्यक्तिहरूलाई विदेश वा फरार स्थितिमा रहेकोमा संसदीय विशेष छानविन समितिको सम्पर्कमा ल्याउन र सोधपुछ गरिने सूचिका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन भनेको सभापति सूर्य थापाले जानकारी दिए ।

Advertisement

Click the button below to skip this ad and read the full article.