Online News Portal

संसदीय समितिबाट अस्वीकृत फिर्ताका लागि कृष्णमानले दिए निवेदन

प्रकाशित: १४ श्रावण २०८१, सोमबार ०९:१० | लेखक: मालिका खबर

काठमाडौं– संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन्।

उनले सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएका हुन्। उनले आफ्नो बारेमा दुष्प्रचार भएको र काम गर्ने इच्छा र हौसला नभएकाले नाम फिर्ता लिएको निवेदन दिएका हुन्।