संसदीय सुनुवाइ समितिको बैठक ५ बजे बस्ने

काठमाडौँ: निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ ।
सोमबार बिहान ११:३० बजे बस्ने तय भएको बैठक सोमबार अपराह्न ५ बजे बस्ने गरी सारिएको हो ।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले ११:३० बजे बस्ने गरी बोलाइएको बैठक अपराह्न ५ बजे बस्ने गरी सारिएको जानकारी दिए।
आजको बैठकले प्रस्तावित निर्वाचन आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनेछ । यसअघि शुक्रबारको समिति बैठकमा उनको सुनुवाइ भएको थियो ।समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेको थियो ।