Online News Portal

जापानी संसदीय प्रतिनिधिमण्डलको परराष्ट्रमन्त्रीसँग भेट

काठमाडौँ: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानी संसद् प्रतिनिधिसभाको न्यायिक समितिका अध्यक्ष ताकेबे आरतासहित नेपाल भ्रमणमा रहेका जापानी संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुले आज (आइतबार) शिष्टाचार भेट गरेका छन्।

परराष्ट्रमन्त्री डा. राणाको कार्यकक्षमा भएको सो भेटमा नेपाल जापान सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.