काठमाडौँ:मनाङको प्रदेश निर्वाचन क्षेत्र १(२) बाट दुईपल्ट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेश सरकारको पहिलो र दोस्रो कार्यकालमा तीन–तीनपल्ट मन्त्री भए । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा अहिले पनि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका उनीविरुद्ध सर्वोच्च अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा अझै विचाराधीन छ ।गण्डकीमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले ३ सदस्यीय मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् ।
मुख्यमन्त्री अधिकारसँगै नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादी पार्टीका राजिव गुरुङ (दीपक मनाङे) ले सपथ लिने तयारी गरेका हुन्।
माओवादी केन्द्रले कसलाई सरकारमा पठाउने विषयमा छलफल गरिरहेको छ । ‘एक जना मन्त्री पठाउने भन्ने हो । कसलाई पठाउने टुंगो लागेको छैन, छलफलमै छौं’, संसदीय दलका नेता हरिबहादुर चुमानले भने । विनाविभागीय मन्त्रीका रुपमा सपथ लिने तयारीमा रहेका दीपक मनाङे गण्डकीमा पाँचौै पटक मन्त्री बन्न लागेका हुन् । हालसम्म ६ पटक सरकार अदलबदल हुँदा मनाङे पाँचौ पटक मन्त्री बन्दैछन् ।
मनाङेले गण्डकी प्रदेश सभा विघटनको प्रस्तावलाई सिधै अस्वीकार गरिदिएका छन् । मनाङेको निर्णयले एमालेका नेताहरू र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तनाब भएको छ ।
मनाङेले पोखराका स्थानीय पत्रकारहरूलाई आफूले गण्डकी प्रदेश बचाउन कुनै पनि निर्णय र कदम उडाउन तयार रहेको बताएका छन् । उनले आफूलाई गण्डकी प्रदेश विघटनका लागि फकाउन मनाङका दुई सांसद र एमालेका राजिव पहरी घरमै आएको बताएका छन् ।