Online News Portal

मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ:मिर्गौला रोगबाट पीडित मेयर नकर्मीको गए राति निधन भएको हो। वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कीर्तिपुरका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले बताए।

उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। पछिल्लो एक महीनायता समस्या बल्झिएको थियो।

२०२० असार २० गते जन्मिएका नकर्मी विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय भएका थिए। उनी २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए। कम्युनिस्टको किल्ला रहेको कीर्तिपुरमा नकर्मी पहिलो पटक कांग्रेसबाट मेयर निर्वाचित भएका थिए।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान ११ बजेसम्म नगरपालिकामा राखिने ढकालले बताए। त्यसपछि आजै अन्त्येष्टि गरिने जनाइएको छ।

उनका श्रीमती र दुई छोराछोरी छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.