Online News Portal

पार्टी फुटाउने प्रयास भयो

प्रकाशित: १० श्रावण २०८१, बिहीबार ०९:५८ | लेखक: मालिका खबर

काठमाडौँ :: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउने प्रयास भएको बताएका छन् ।

बुधबार पार्टी निकट पत्रकार संगठनले कास्कीको पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टी फुटाउन खोजेको हल्ला आफूले पनि सुनेको तर, त्यो हल्ला असफल बनाइदिएको बताएका हुन् ।

‘पार्टी फुटाउने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो । दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम-गयाराम भइरहन्छ । गयारामभन्दा आयाराम बढी छन्’ उनले भनेका छन् ।

अध्यक्ष नेपालले पार्टी फुटाउन लागेको सूचना कोही कसैले पाए आफूलाई उपलब्ध गराउन पत्रकारहरूलाई आग्रहसमेत गरेका छन् ।