Online News Portal

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

प्रकाशित: ९ श्रावण २०८१, बुधबार १३:५२ | लेखक: मालिका खबर

काठमाडौँ: सरकारले विमान दुर्घटनामा परी नागरिकले ज्यान गुमाएको शोकमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले सोको सघन अनुगमन गर्ने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।