Online News Portal

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौँ : यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।

आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ११ कम्पनीको चार करोड सात लाख ४७ हजार दुई सय २६ कित्ता शेयर एक लाख ८८ हजार आठ सय ६५ पटक खरिदबिक्री हुँदा रु १६ अर्ब २० करोड ८५ लाख ७७ हजार तीन सय १४ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह एक दशमलव १६ र होटल तथा पर्यटन समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक तीन दशमलव ०९ प्रतिशतले घटेको छ ।

बैंकिङ एक दशमलव २१, विकास बैंक शून्य दशमलव ५६, जलविद्युत् एक दशमलव ५७, लगानी शून्य दशमलव ८३, जीवन बीमा शून्य दशमलव ३१, उत्पादन तथा प्रशोधन एक दशमलव २४ र लघुवित्त एक दशमलव २४ प्रतिशतले घटेको छ । त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ७६, निर्जीवन बीमा शून्य दशमलव १४ र अन्य समूह एक दशमलव ९० प्रतिशतले घटेको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.