Online News Portal

राज्यले गर्ने सबै कर्ममा समावेशिता हराउँदै गयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधानको रक्षा कसले गर्छ भन्दै संसदमा प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा उनले सरकारले नै संविधानको भावना विपरीत सरकारले काम गर्दै जाने हो भने कसले संविधानको रक्षा गर्ने भन्दै प्रश्न गरेका हुन् ।प्रमुख सचेतक परियारले पछिल्लो समय मन्त्रिपरिषद् बिस्तारमा समावेशि सिद्धान्त अनुसार नभएकोतर्फ इंगित गर्दै अहिले राज्यले गर्ने सबै कर्ममा समावेशिता हराउदैँ गएको बताए ।उनले भने, ‘सम्माननीय सभामुख महोदय, यदि संविधानको भावना विपरित यसरी सरकारले काम गर्दै जाने हो भने संविधानको रक्षा कसले गर्छ ? म सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र सभामुख ज्यूलाई पनि अनुरोध गर्न चाहँन्छु कि, नेपाल राज्यको समावेशितामा कहाँ पुगेको छ ? तत् तत् संघ संस्थामा जातीय, भाषिक, लैंगिक, समावेशिता हुनु पर्छ कि पर्दैन भनेर नेपाल सरकारलाई रुलिङ गरिदिन सम्माननीय सभामुखलाई आग्रह गर्दछु ।’

Advertisement

Click the button below to skip this ad and read the full article.