Online News Portal

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिं लामाको दाबी पेश

प्रकाशित: ८ श्रावण २०८१, मंगलवार ०७:४८ | लेखक: मालिका खबर

काठमाडौँ: बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले दाबी पेश गर्दै छन् ।माओवादीबाट निर्वाचित मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन आइतबार २ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

कांग्रेस र एमाले बराबर हैसियतमा बागमती सरकारमा सामेल हुन लागेका हुन्। कांग्रेसले मुख्यमन्त्रीसहित ६ र एमालेले बाँकी मन्त्रालय लिने सहमति भइसकेको छ ।