काठमाडौँ: प्रमुख श्रम गन्तव्य देश कतार र मलेसियाले गरिरहेको श्रमिक कटौतीको प्रत्यक्ष असर नेपालमा परेको छ । रोजगारीको अवसर खुम्चिँदै जाँदा श्रमका लागि बिदेसिने नेपालीको संख्या घटिरहेको छ । गत आर्थिक वर्षमा मात्र रोजगारीका लागि बिदेसिनेको संख्यामा ३.८९ प्रतिशतले कमी आएको छ ।वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार ३ सय २७ थियो । गत आर्थिक वर्षमा भने ७ लाख ४१ हजार २ सय ९७ मात्रै रोजगारीका लागि विदेश गए ।