Online News Portal

नेप्से परिसूचक २४ सय विन्दुमाथि

प्रकाशित: ७ श्रावण २०८१, सोमबार १०:३९ | लेखक: मालिका खबर

काठमाडौं : दिनभर उचारचढावका बीच नेप्से परिसूचक २४८८.०८ विन्दुमा पुगेर बन्द भएको छ। तीन पटक बजारले २५०० अंक नाघेपनि अन्तिममा आएर २४८८.०८ विन्दुमा अडिएको हो। यसदिन नेप्से परिसूचक  २.१५ अंकले बढेर  २४८८.०९ विन्दुमा कायम भएको छ।

सेन्सेटिभ इण्डेक्स ०.१९ अंकले घटेर ४४८.७९ विन्दुमा पुगेको छ। आज ३०९ स्क्रिप्सको ३ करोड ९७ लाख  ५४ हजार ७११ कित्ता सेयर १३ अर्ब ९१ करोड ५५ लाख  ३५ हजार ४४० रुपैयाँमा खरिदबिक्री भए।

सामान्य अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मुक्तिनाथ कृषि कम्पनीको सेयर १० प्रतिशतले बढ्दा नेपाल फाइनान्सको ८.७७,एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड २को ७.९३,छ्यांदी हाइड्रोपावर ७.९० र बीएचएलको ६.८६ प्रतिशतले बढ्यो।