Online News Portal

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग रहेको कुरामा सरकार दृढ रहेको बताएका छन्। संसदमा संसदको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सन् २०१६ को सुगौली सन्धिमा पनि काली नदीको पूर्वतिरको भूभाग नेपालको रहेको उनले दाबी गरे।

नेपालको अन्तर्राष्ट्रिय सीमा सम्बन्धमा संघीय संसद, नेपाल सरकार र सबै नेपाली स्पष्ट र दृढ रहिआएको छ। नेपालको मिति २०७७ असार ४ गते भएको दोस्रो संशोधनमार्फत नेपालको नयाँ नक्सा समेटी संविधानको अनुसूची ३ मा राखिएको तथा सीमा सम्बन्धी विषयमा हामीबीच अभूतपूर्व राष्ट्रिय सहमति रहेको छ। 

सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली अर्थात् महाकाली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट छ। उच्चस्तरीय भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत समाधान गर्नेगरी अगाडि बढाउने समझदारी भएको छ। २०८० पुस १९ मा सम्पन्न परराष्ट्रस्तारीय नेपाल भारतको संयुक्त आयोगको बैठकमा समेत सीमानाको विषयमा छलफल भएको र नेपाल भारत सीमाको बाँकी खण्डमा छिटोभन्दा छिटो काम सम्पन्न गर्ने प्रतिवद्धता भएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.