Online News Portal

काठमाडौँ विश्वविद्यालयले क्यान्सर अनुसन्धान केन्द्र सञ्चालन गर्ने

प्रकाशित: ५ श्रावण २०८१, शनिबार ०६:२० | लेखक: मालिका खबर

काठमाडौ:काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले क्यान्सर रोगको समयमा नै पहिचानका लागि प्रयोगशाला तथा क्यान्सर रोगको अनुसन्धान सुरु गर्ने भएको छ।

विश्वविद्यालय परिसरमा रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआइसी) को भवनमा क्यान्सर रोगको समयमै पहिचान, उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि बढाएको हो।

विश्वविद्यालयले कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) को सहयोगमा इनोभेसन सेन्टरमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी नेपालकै क्यान्सर रोगको अनुसन्धान केन्द्र बनाउने लक्ष्य लिएको इनोभेसन सेन्टरका निमित्त निर्देशक प्राडा राजेन्द्र ज्ञवालीले जानकारी दिए।क्यान्सर रोगको समयमा नै पहिचान तथा उपचारार्थ प्रयोगशाला सञ्चालन गर्न केन्द्र स्थापना गर्ने योजना बनाएको जनाइएको हो । विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआईसी) को भवनमा केन्द्र सञ्चालन गर्न लागेको केन्द्रका निमित्त निर्देशक प्राडा राजेन्द्र ज्ञवालीले जानकारी दिए । उनका अनुसार कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)को आर्थिक सहयोगमा स्थापित केन्द्रमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी राष्ट्रिस्तरको क्यान्सर रोग अनुसन्धान केन्द्र बनाउन लागिएको हो ।