Online News Portal

रानी जमरा कुलरिया सिँचाइ आयोजनाः कृषितर्फको वित्तीय प्रगति न्यून

काठमाडौँ: भजनी- रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन ।

गत आवमा कार्यक्रमका लागि चालुतर्फ रु १९ करोड ७६ लाख बजेटमध्ये रु नौ करोड २६ लाख ४४ हजार अर्थात् ४६ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । त्यस्तै पुँजीगततर्फ रु ६९ लाख बजेट विनियोजन भएकामा कार्यक्रमले रु ३० लाख ८१ हजार अर्थात् ४४ दशमलव ६६ प्रतिशत बजेट खर्च भएको देखिएको छ । चालु र पुँजीगत गरेर पनि आयोजनाको खर्च ५० प्रतिशत पुग्न सकेन ।गत वर्ष आयोजनाका लागि चालु तथा पुँजीगत गरी रु १४ करोड ८६ लाख बजेट विनियोजन गरिएको थियो । चालुतर्फ रु १४ करोड ८४ लाख बजेट विनियोजन गरिएकामा रु सात करोड ८२ हजार नौ सय १० अर्थात् ४७ दशमलव ७२ प्रतिशत खर्च भएको कार्यान्वयन इकाइका सूचना अधिकारी आकृति ठाकुरले जानकारी दिएका छन् । पुँजीगततर्फ दुई लाख बजेट विनियोजन भएकामा ९९ दशमलव ४४ प्रतिशत प्रगति भएको उनले बताए ।

“कार्यान्वयन इकाइमा ठूलो बजेट शीतभण्डार निर्माणका लागि रहेको थियो । उक्त आयोजनाको काम सम्पन्न नहुँदा वित्तीय प्रगति कम देखियो,” उनले भने, “अन्य अधिकांश कार्यक्रम सम्पन्न हुँदा पनि आधा रकम शीतभण्डारको फिर्ता हुँदा खर्च प्रगति कम भयो ।” गत वर्ष शीतभण्डार निर्माणका लागि ६ करोड ६० लाख बजेट कार्यान्वयन इकाइले विनियोजन गरेको थियो । शीतभण्डारको काम सुरु भए पनि भौतिक प्रगतिका आधारमा ७५ लाख मात्रै भुक्तानी भएको देखिएको छ ।

आयोजनाको मुख्य कार्यक्रमअन्तर्गत शीतभण्डार प्राथमिकतामा पर्दै आएको छ । शीतभण्डारको काम गत वर्षदेखि सुरु भए पनि प्राविधिक समस्याका कारण निर्माणको कामले गति लिन नसकेको आयोजना प्रमुख भरत कँडेलले बताए ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.