Online News Portal

लुम्बिनी प्रदेश अस्पतालहरूले सेवा शुल्क लिन थाले

काठमाण्डौ : लुम्बिनी प्रदेश सरकारले अस्पतालाई दिँदै आएको सोधभर्ना रोकेपछि अस्पतालहरूले बिरामीसँग सेवा शुल्क लिन थालेका छन् । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले साउन १ गते हिजोदेखि बिरामीसँग भर्ना शुल्क लिन थालेको छ ।

यसअघि भर्नादेखि बेड चार्जसम्म निःशुल्क थियो । तर हिजोदेखि अस्पतालले नयाँ बिरामी दर्ताका लागि २० रुपैयाँ, पुनः दर्ता गर्नुपरे १० रुपैयाँ, बिरामी भर्ना गर्नुपरे एक सय रुपैयाँ र बेडको चार्ज एक सय रुपैयाँ लिन शुरु गरेको हो ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पनि हिजो सार्वजनिक सूचनामार्फत सेवालाई सशुल्क गरिएकोबारे जानकारी दिएको छ

Advertisement

Click the button below to skip this ad and read the full article.