ब्याग्स अफ होप द्वारा धनगडी १९ वटै वडाहरुमा समस्याको टिपोट

धनगडी : ब्याग्स अफ होप द्वारा धनगडी १९ वटै वडाहरु मा प्रत्यक्ष जनता संग अन्तर संवाद गरेर समस्याहरु टिपोट गरेर समस्याहरु को फोटो सहितको किताब छाप्ने तैयारी गर्दैछ । वडा वडा मा ब्याग्स अफ होप का अध्यक्ष नितिश जोशी र Decoding Dhangadhi’s Sorrows कार्यक्रम का कार्यक्रम संयोजक दिपेश बोहोरा पुगिरहेका छन् । यो किताब छापेर धनगढीमा भव्य कार्यक्रम गर्दै मेयर र मुख्यमन्त्री लाइ किताब हस्तान्तरण गर्ने र प्रधानमन्त्री लाइ काठमांडौ मा आएर दिने कार्यक्रम रहेको छ ।
