Online News Portal

मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव

प्रकाशित: २६ असार २०८१, मंगलवार १०:१९ | लेखक: मालिका खबर

काठमाडौँ :  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिएको छ।

मुख्यमन्त्रीसँग बहुमत नरहेकाले उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने कांग्रेसले जिकिर गरेको हो। नेकपा (एमाले) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। सरकारसँग बहुमत नरहेको र सदनबाट पनि विश्वासको मत प्राप्त गर्न सकिने अवस्था नरहेका कारण मुख्यमन्त्रीले चाँडै राजीनामा दिएर सरकार गठनको लागि बाटो खोल्नु नै उपयुक्त हुने कांग्रेसका मुख्य सचेतक विक्रमसिंह धामीको ठहर छ।