Online News Portal

काभा यू–२० महिला भलिबल खेल्ने नेपाली टोलीको घोषणा

प्रकाशित: २६ असार २०८१, मंगलवार ०९:५५ | लेखक: मालिका खबर

काठमाडौँ : माल्दिभ्समा हुने काभा यू-२० महिला भलिबल च्याम्पियनशिपमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ।नेपाल भलिबल संघले प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ। टोलीको मुख्य प्रशिक्षकमा कुमार राई, सहायक प्रशिक्षकमा अर्जुन घिमिरे र व्यवस्थापकमा जुनु पुन छन्।

टोलीमा बाग्मतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ छन् ।

लुम्बिनीका निशा चौधरी, अनुशा चौधरी, मीना सुनार र आरती चौधरी तथा सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना र गण्डकीबाट आशिका क्षेत्री छानिएका छन् ।