Online News Portal

६३ जना सांसदको समर्थन प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ:सत्ता बहिर्गमनको मुखमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी(जसपा) नेपाल, जनमत पार्टी(जपा), नागरिक उन्मुक्ति पार्टी(नाउपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) लगायतले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने तयारीमा छन् । यद्यपि जसपा, जपा र नाउपाले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएका छैनन् ।

 

असार १७ गते राति दुई ठुला दल कांग्रेस र एमाले मिलेर सत्ता समीकरण बनाएपछि अल्पमतमा रहेका प्रधानमन्त्रीले संसद्‍मा विश्वासको मतको सामना गर्न लागेका हुन् । नयाँ समीकरण बनेसँगै एमालेले समर्थन फिर्ता लिइसकेको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.