Online News Portal

स्वास्थ्य क्षेत्रलाई बलियाे बनाउन गण्डकी सरकार क्रियाशिल

काठमाडौँ: गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताउनुभएको छ । बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्दै उहाँले नागरिकको स्वास्थ्यमा कुनै कसर बाँकी नराखी काम अगाडि बढिरहेको बताउनुभएको हो ।

“प्रदेशका नागरिकको स्वास्थ्यमा हामी गम्भिर छौं । सहरका अस्पताल मात्र नभई ग्रामीण भेगका स्वास्थ्य चौकीलाई समेत व्यवस्थित बनाउँदै लैजाने प्रयत्न हाम्रो छ,” उहाँले भन्नुभयो ।

मन्त्री थापाले बाल मृत्युदर र अपाङ्गतालाई हटाउन खोपको आवश्यकता पर्ने हुँदा प्रदेशका बालबालिकालाई खोपको उचित व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो । स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.