Online News Portal

प्रचण्डले राजीनामा दिन मन्त्रीहरुको माग

प्रकाशित: २० असार २०८१, बुधबार ०९:५१ | लेखक: मालिका खबर

काठमाडौं : एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मार्गप्रशस्त नगरे मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ।

मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो। आफूहरूले दिएको समय सकिएको भन्दै आज साँझसम्ममा मन्त्री फिर्ताको निर्णय हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

sharethis sharing button

उनका अनुसार एमालेले आफ्ना मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने तयारी गरेको छ।