Online News Portal

स्वास्थ्य सेवामा पहुँच बढ्दै

काठमाडौँ : नवलपरासीमा सञ्चालन गरिएको ‘खुसहाल परिवार कार्यक्रम’बाट मुस्लिम महिलाहरूको स्वास्थ्य सेवामा पहुँच बढ्दै गएको पाइएको छ। लुम्बिनी प्रदेशको तराईका जिल्लामा बसोबास गर्ने मुस्लिम समुदायको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नका लागि परिवार योजनासम्बन्धी ‘खुसहाल (खुसी) परिवार कार्यक्रम’ अन्तरगत यो कार्यक्रम सञ्चालनमा छ। स्वास्थ्य कार्यालयबाट जिल्लामा सञ्चालन गरिएको यो कार्यक्रमबाट मुस्लिम महिलासँगै समुदायमै स्वास्थ्य सेवामा पहुँच बढेको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए। दुई वर्षदेखि यो कार्यक्रम जिल्लाका सबै पालिकामा सञ्चालनमा छ। मुस्लिम समुदायमा जन्मान्तर (बच्चा जन्माउने वर्षको अन्तर), गर्भावस्थामा स्वास्थ्य जाँच, परिवार नियोजनका अस्थायी साधनलगायतका बारेमा कम जानकारी हुँदा महिला र बच्चाहरुको ज्यान जोखिममा पर्दै गएकाले यो कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य प्रमुख पन्थीले बताए।

Advertisement

Click the button below to skip this ad and read the full article.