शिक्षामा बजेट थप्न सांसदहरूको माग
काठमाडौँ, १४ फागुन :
राष्ट्रियसभा बैठक
राष्ट्रियसभाको सोमबार संघीय संसद भवन बानेश्वरमा बसेको बैठक । तस्बिर : किरणराज विष्ट/रासस
काठमाडौ: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकारण गर्न माग गरेका छन् ।
विनियोजन विधेयक, २०८१ का विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसहित छलफलमा भाग लिँदै सांसदहरुले उक्त सुझाव दिएका हुन् ।आगामी आवका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत दुई खर्ब तीन अर्ब ७४ करोड ४९ लाख विनियोजन भएको छ ।