Online News Portal

बालेनलाई अप्ठेरो पार्ने काम भइरहेको छ: ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका श‍ीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौं महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले काठमाडौं महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरुले फोन गरी कार्यपालिका बैठकमा बिरोध प्रदर्शन गर्न लगाएका बताए।

उनले दलहरूको राजनीतिको कारण काठमाडौं महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको बताए । उनले दलका नेताहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई अप्ठेरो पार्ने काम गरिरहेका भन्दै त्यसो गर्नु नहुने बताए । उनले स्थानीय तहमा दलविहिन राजनीति हुनुपर्ने बताए ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.