Online News Portal

समाजवादीको सचिवालय बैठक बिहीबारलाई सर्‍यो

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) को ले आज बुधवारलाई बोलाएको सचिवालय बैठक बिहीबार बस्ने गरी समय सारेको छ । १० औँ राष्ट्रिय महाधिवेशनको तयारी र भइरहेका कामहरूबारे छलफल गर्न राखिएको बैठक नेताहरूको व्यस्तताका कारण बिहीबारलाई सारिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिएकाछन । सो पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ । त्यसका लागि १८ सय महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको पार्टीले विभिन्न दस्ताबेजहरू अनुमोदन गर्न मस्यौदा तयार पारेको जनाएको छ ।