Online News Portal

मंगोलियाका प्रमुख नदीहरुमा पानीको स्तर बढ्यो, चेतावनी जारी

 

 

 

काठमाडौँ: लगातारको वर्षाका कारण मङ्गोलियाका प्रमुख नदीहरूको पानीको स्तर उच्च भएको छ । सरकारले शतर्कता अपनाउन चेतावनी दिएको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले बताएको छ । तेरेलज, तुल, खेरलेन, सेल्बे र सुगुनगुर लगायतका धेरै प्रमुख नदीहरूले चेतावनीको स्तर १० सेन्टिमिटरदेखि ८२ सेन्टीमिटरसम्म पार गरिसकेका छन् । एजेन्सीले नदीहरूको पानीको स्तर आगामी दिनहरूमा अझै बढ्ने आँकलन गरिएको छ । मध्यसातादेखि देशका पश्चिमी, मध्य र पूर्वी क्षेत्रका अधिकांश भूभागमा भारी वर्षा भइरहेको छ । एजेन्सीले सर्वसाधारणलाई र विशेष गरी नदी किनारमा बसोवास गर्ने गोठाला एवं पर्यटकहरूलाई सम्भावित प्रकोपबाट थप सावधानी अपनाउन चेतावनी दिएको छ ।